रामचन्द्रलाई पराजित गर्दै पोखरा पर्यटन परिषदको अध्यक्षमा उदाय पोमनारायण
पाेखरा | भदौ ९, २०७९
पोखराका पर्यटन व्यवसायीहरुको छाता संगठन पोखरा पर्यटन परिषदको अध्यक्षमा पोमनारायण श्रेष्ठ निर्वाचित भएका छन्।
पोखरा पर्यटन परिषदको नयाँ नेतृत्व् चयन गर्ने गरी बिहीबार सम्पन्न १२ औँ अधिवेशनमा रामचन्द्र शर्मालाई पराजित गर्दै अध्यक्षका उम्मेदवार पोमनारायण श्रेष्ठ निर्वाचित भएका हुुन् ।
बिहीबार भएके मतदानमा श्रेष्ठले २८ मत प्राप्त गर्दा शर्माले १४ मत प्राप्त गरेका थिए । श्रेष्ठ निर्वतमान कार्य समितिमा उपाध्यक्ष थिए भने शमौ महासचिव थिए । अधिवेशनमा पर्यटन सम्बद्ध विभिन्न व्यवसायिक सस्थाका ४२ जना प्रतिनिधि सहभागी थिए ।
६ सदस्य रहने परिषदमा कृष्णप्रसाद काफ्ले, तारानाथ पहारी, कृष्ण भण्डारी, जीवनराज सापकोटा, बबरजंग गुरुङ र निमबहादुर मगर निर्विरोध निर्वाचित भएका थिए ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...
काठमाडौं: सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितो...
म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ । उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ । हत्य...

